
एसियाली क्षेत्रको सबैभन्दा ठुलो खेलकुद मेलाको रुपमा रहेको एसियन गेम्सको १८औँ संस्करण आगामी अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म इन्डवनेसियाको जाकार्ता पालेमबाङमा हुँदैछ।
दुई साता लामो खेल मेलामा एसियाका ४५ देशका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् यस पटक ४० खेलका कूल ४६५ इभेन्ट समावेश छन्।
झण्डै सात दशक लामो एसियन गेम्सको इतिहासमा चीन र जापानले पदक तालिकामा दबदबा कायम राख्दै आएको छ। आठौँ संस्करणसम्म जापानले पदक तालिकामा सर्वाधिक स्वर्ण जितेको थियो। त्यसपछि ९ संस्करणमा चीनले लगातार पहिलो स्थान हात पार्दै आएको छ। चीनको दबदबालाई तोड्न एसियाका अरु देशलाई मुस्किल जस्तै देखिएको छ।
चीनले अहिलेसम्म १ हजार ३४२ स्वर्ण ९०० रजत र ६५३ कास्य सहित २ हजार ८९५ पदक जितेको छ। यस्तै जापानले ९५७ स्वर्ण,९८० रजत र ९१३ कास्यसहित २ हजार ८ सय ५० पदक जितेको छ।
१९५१ दिल्ली, भारत
पहिलो एसियन गेम्स सन् १९५१ मार्च ४ देखि ११ सम्म भारतको दिल्लीमा भएको थियो। पहिलो संस्करणमा आयोजक भारत, जापान, थाइल्याण्ड लगायत ११ देशको मात्र सहभागिता थियो। यस्तै नेपालले पनि सहभागिता जनाएको थियो। पहिलो एसियाली खेलकुद ध्यान चन्द नेशनल स्टेडियममा राष्ट्रपति राजेन्द्र प्रसादले उद्घाटन गरेका थिए।
विभिन्न ६ खेल (एथ्लेटिक्स, एक्वाएटिक, बास्केटबल, साइक्लिङ, फुटबल र भारोत्तोलन) समावेश खेलकुदमा कूल १६९ पदक वितरण गिरएको थियो। पहिलो एसियन गेम्समा जापानले सर्वाधिक २४ स्वर्ण जितदा आयोजक भारत १५ स्वर्णसहित दोस्रो भएको थियो।
१९५४ मनिला फिलिपिन्स
दोस्रो एसियन गेम्स १९५४ अप्रिल २४ देखि ९ सम्म फिलिपिन्सको मनिलामा भएको थियो। फिलिपिन्समा राष्ट्रपति रोमन म्गासेसेले मनिलास्थित रिजाल मेमोरियल स्टिडियममा उद्घाटन गरेका थिए।
जसमा १९ देशका ९७० खेलाडीको सहभागिता थियो भने २२९ पदक वितरण गरिएको थियो। यसमा बक्सिङ सुटिङ र रेस्ङ खेल थपिदाँ सायक्लिङ भने हटाइएको थियो। दोस्रो एसियन गेम्समा ८ खेल समावेश थियो। इरानले अफिसियल मात्र सहभागि गराएको थियो। जापान सर्वाधिक ३८ स्वर्ण जित्दै लगातार दोस्रो पटक पहिलो हुँदा आयोजक फिलिपिन्स १८ स्वर्णका साथ दोस्रो भयो।
१९५८ टोकियो, जापान
तेस्रो एसियन गेम्स सन् १९५८ मे २४ देखि जुन १ सम्म जापानको ६कियोमा भएको थियो। जसमा २० देशका १८२० खेलाडी भाग लिएका थिए। तेस्रो एसियन गेम्स एचएम प्रेसिडेन्ट एम्पेरर हिरोहितोले ओद्यम्पिक स्टेडियममा उद्घाटन गरेका थिए।
१२ खेल समावेश रहेको यस खेलकुदमा कूल ३५० पदक वितरण भएको थियो। आयोजक जापानले सर्वाधिक ६७ स्वर्ण जित्दै लगातार तेस्रो पटक पहिलो स्थान हात पार्यो।
१९६२ जाकार्ता इन्डोनेसिया
चौथो एसियन गेम्स १९६२ अगष्ट २४ देखि सेप्टेम्वर ४ सम्म इन्डोनेसियाको जाकार्ता भएको थियो। राष्ट्रपति सोएकामोले गेलोरो बुङ कामो स्टेडियममा उद्घाटन गरेको चौथो एसियन गेम्समा १७ दशेका १४६० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। १३ खेल समावेश एसियन गेम्समा ३७२ पदक वितरण गरिएको थियो। यसमा पनि जापान नै सर्वाधिक ७३ स्वर्ण जित्दै पहिलो हुँदा आयोजक इन्डोनेसिया दोस्रो भयो।
१९६६ बैंकक थाइल्याण्ड
पाँचौ एसियन गेम्स १९६६ डिसेम्वर ९ देखि २० सम्म बैंककमा भएको थियो। १८ देशका १९४५ खेलाडीले भाग लिएको उक्त गेम्सको उद्घाटन राजा भुमिबोल अदुलभाजेजले सुफाचालासी स्टेडियममा गरेका थिए।
१४ खेल समावेश रहेको पाँचौ एसियन गेम्समा ४६० पदक वितरण भएको थियो। जहाँ जापान ७८ स्वर्ण सहित पहिलो भयो।
१९७० बैंकक थाइल्याण्ड
लगातार दोस्रो पटक आयोजना गर्ने पहिलो देश र शहर बन्ने क्रममा १९७० को छैटौँ एसियन गेम्स पनि थाइल्याण्डको बैँककमा आयोजना भयो। सुरुमा दक्षिण कोरियालाई आयोजक चयन गरिएपनि आर्थिक र सुरक्षाका कारण आयोजनाबाट पछि हट्योर बैँककले आयोजना गर्यो।
जसमा १८ देशका २४०० खेलाडीले भाग लिएका थिए।
१५ खेल समावेश रहेको उक्त एसियन गेम्समा ४२३ पदक वितरण गरिएको थियो। छैटौँ एसियन गेम्समा ७४ स्वर्ण सहित जापान नै पहिलो भयो।
१९७४ तेहरान इरान
सातौँ एसियन गेम्स सन १९७४ सेप्टेम्वर १ देखि १६ सम्म तेहरानमा आयोजना भएको थियो। इरानी लिडर शाह श्याम मोहम्मद रेजा पहलेभीले अर्यामेहर स्टेडियममा सातौँ एसियन गेम्सको उघाटन गरेका थिए।
जसमा २५ देशका ३०१० खेलाडीले भाग लिएका थिए। यस्तै १८ खेल समावेश खेलकुद समारोहमा ६०९ पदक वितरण गरिएको थियो। ७५ स्वर्ण जित्दै जापान पहिलो हुँदा आयोजक इरान ३६ स्वर्ण सहित दवस्रो तथा ३३ स्वर्ण जितेको चीन तेस्रो भयो।
१९७८ बैँकक थाइल्याण्ड
१९७८ डिसेम्वर ९ देखि २० सम्म आठौँ एसियन गेम्स आयोजना गर्दै बैँककले तेस्रो पटक एसियन गेम्स बयोजना गरेर ह्याट्रिक गर्यो।
सुरुमा सिंगापुरलाई आयोजकको रुपमा तोकिएपनि आर्थिक कारण सिंगापुरले आयोजना गर्न नसकेपछि बैंककमा भएको हो।
राजा भुमिबोलले नै आठौँ एसियन गेम्सको उद्घाटन गरे। जसमा २५ देशका ३८४२ खेलाडीले सहभागिता जनाएका थिए भने २१ खेलमा ६२६ पदक वितरण गरिएको थियो।
जापान ७० स्वर्ण जित्दै पहिलो हुँदा स्वर्ण संख्या बढाएर ५१ पुर्याएको चीन दोस्रो भयो।
१९८२ दिल्ली भारत
दोस्रो पटक दिल्लीमा आयोजना भएको नवौँ एसियन गेम्स नोभेम्वर १९ देखि डिसेम्वर ४ सम्म आयोजना भएको थियो।
पहिलो पटक एसियन ओलम्पिक काउन्सिको मातहतमा भएको यो एसियन गेम्सलाई ऐतिहासिक मानिन्छ। एसियाका ३३ देलका कूल ४५९५ खेलाडीले २१ खेलमा सहभागिता जनाएका थिए।
पहिलो पटक ह्याण्डबल, हर्स राइडिङ, रिवङ र गल्फ यसै एसियन गेम्सबाट समावेश गरिएको थियो।
भारतीय राष्ट्रपति जइलले जवारलाल नेहरु स्टेडियममा एसियन गेम्सको उद्घाटन गरेका थिए।
पदक तालिकामा जापानाको दबदबालाई तोड्दै चीन ६१ स्वर्णसहित पहिलो भयो भने ५७ स्वर्ण जितेका जापान दोस्रो भयो।
१९८६ सोल दक्षिण कोरिया
दशौँ एसियादी खेलकुद १९८६ को सेप्टेम्वर २० देखि अक्टोवर ५ सम्म कवरियाको सोलमा भएको थियो। जहाँ २७ देशकाल कूल ४८३९ खेलाडीले भाग लिएका थिए। २४ खेल समावेश भएको एसियन गेम्समा ८४८ मेडल वितरण गरिएको थियो।
राष्ट्रपति चुन दो ह्वानले सोलस्थित ओलम्पिक स्टेडियममा उद्घाटन गरेका थिए। आयोजक कोरिया भन्दा १ स्वर्ण बढी जितेको चीन लगातार दोस्रो पटक पहिलो भयो। कोरिया ९३ स्वर्ण जित्दै दोस्रो हुँदा ५८ स्वर्ण जितेको जापान तेस्रो भयो।
१९९० बेइजिङ चीन
११औँ एसियाली खेलकुद सेप्टेम्वर २२ देखि अक्टोवर ७ सम्म चीनको बइजिङमा आयोजना भएको थियो। जसमा ३६ देशका ६ हजार ११२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
बेसबल र सफ्ट टेनिसलाई प्रदर्शी खेलका रुपमा राखिएको ११औँ एसियन गेम्समा कूल २७ खेल समावेश थियो। बेइजिङको वर्कर्स स्टेडियममा भएको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति याङ शाङ्गकुन सहभागि थिए। आयोजक चीनले सर्वाधिक १८३ स्वर्ण जित्दै लगातार तेस्रो पटक पहिलो भयो। दोस्रो भएको दक्षिण कोरियाले ५४ स्वर्ण जित्यो।
१९९४ हिरोसिमा जापान
१२औँ एसियन गेम्स १९९४ अक्टोवर २ देखि १६ सम्म जापानको हिरोसिमामा भएको थियो। हिरोसिमामा १९४५ को दोस्रो विश्वयुद्धमा साखप भएको कारण आयोजक शहरलाई विशेष जोड दिइएको थियो।
४२ देशका ६ हजार ८२८ खेलाडीले सहभागिता जनाएको यस खेलकुद समारोहमा कूल १ हजार ७९ मेडल वितरण गरिएको थियो। जसमा चीन १२६ स्वर्ण सहित पहिलो भयो।
१९९८ बैंकक थाइल्याण्ड
चौथो पटक एसियन गेम्स आयोजना गर्दै थाइल्याण्डले इतिहास बनायो। १९९८ डिसेम्वर ६ देखि २० सम्म १३औँ एसियन गेम्स बैंककमा आयोजना भएको थियो।
४१ देशका ६ हजार ५५४ खेलाडीले प्रतिस्पर्धा गरेको १३औँ एसियन गेम्समा ३६ खेल समावेश थियो। जसमा १२२५ पदक वितरण गरियो। क्यानोइ, कबड्डी र सेपाकताक्रो यसै एसियन गेम्सदेखि समावेश गरिएको थियो। चीन १२९ स्वर्ण जित्दै पहिलो भयो।
थाइ राजा भुमिबोलले रामामांगालमा नेशनल स्टेडियममा १२औँ एसियन गेम्सको उद्घाटन गरेका थिए।
२००२ बुसान दक्षिण कोरिया
१४औँ एसियन गेम्स २००२ सेप्टेम्वर २९ देखि अक्टोवर १४ सम्म कोरियाको बुसान आयोजना भएको थियो। सोल पछि एसियन गेम्स आयोजना गरेने बुसाल दोस्रो कोरियन शहर बन्यो।
१४औँ एसियन गेम्समा ४४ देशका ७ हजार ७११ खेलाडीले सहभागिता जनाएका थिए। जहाँ ३८ खेलको ४१९ इभेन्ट समावेश थियो। कूल १३५० पदक वितरण गरिएको थियो। जसमा १५० स्वर्ण जितदै चीन पहिलो भयो।
२००६ दोहा कतार
१५औँ एसियन गेम्स डिसेम्वर १ देखि १६ सम्म कतारको दोहामा आयोजना भएको थियो। पहिलो पटक एसियाका ४५ वटै देशले सहभागिता जनाएको यस खेलकुमा कीर्तिमानी ९ हजार ५२० खेलाडी सहभागि थिए।
३९ खेल समावेश १५औँ एसियन गेम्समा १३९३ पदक वितरण गरिएको थियो। चीन १६५ स्वर्ण सहित पहिलो भयो।
२०१० ग्वाङझाउ चीन
१६औँ एसियन गेम्स चीनको ग्वाङझाउमा नोभेम्वर २ देखि ११ सम्म भएको थियो। जसमा ४५ देशका ९ हजार ७०४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
१६औँ एसियाली खेलकुदको उद्घाटन प्रधानमन्त्री वेन जियावाऔले ग्वाङझाउ ओलम्पिक स्टेडियममा उद्घाटन गरेका थिए।
जसमा ४२ खेल समावेश थियो भने १५७७ मेडल वितरण भएको थियो। जहाँ आयोजक चीनले सर्वाधिक १९९ स्वर्ण जितेको थियो।
२०१४ इन्चोन दक्षिण कोरिया
१७औँ एसियन गेम्स २०१४ सेप्टेम्वर १९ देखि अक्टोवर ४ सम्म कोरियाको इन्चोनमा सम्पन्न भएको थियो। ४५ देशका ९ हजार ५०१ खेलाडीले सहभागिता जनाएको १७औँ एसियन गेम्सको उद्घाटन इन्चोन एसियद स्टेडियममा राष्ट्रपति पार्क गुएन ह्येले गरेका थिए।
३६ खेल समावेश यस खेलकुद समारोहमा कूल १४५४ मेडल वितरण गरिएको थियो। १७औँ एसियन गेम्समा चीनले सर्वाधिक १५१ स्वर्ण जितेको थियो।