PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

रुँदै विदा भए कानुनमन्त्री तामाङ, जाँदा जाँदै भने– धमिलो पानीमा माछा मार्ने षडयन्त्र भयो 



पहिलोपोस्ट

रुँदै विदा भए कानुनमन्त्री तामाङ, जाँदा जाँदै भने– धमिलो पानीमा माछा मार्ने षडयन्त्र भयो 

काठमाडौंः कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजिनामा दिएका छन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले राजिनामा दिएका हुन्। 

विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने गरेका नेपाली महिलाहरु माथि यौन दुव्र्यवहार हुने भन्दै अभिव्यक्ति दिए पछि विवादमा तानिए पछि उनले नैतिकताका आधारमा राजिनामा दिएको बताएका हुन्। 

सिंगो सरकारलाई असफल पार्न खोजेको भन्दै त्यसलाई असफल पार्नका लागि राजिनामा दिएको बताएका छन्। उनले आफ्नो पार्टी तथा सरकारलाई असफल पार्न धमिलो पानीमा माछा मार्ने षडयन्त्र भइरहेको भन्दै मन्त्रीको जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद समेत दिए। 
पत्रकार सम्मेलन गरी मन्त्रि  तामाङ आफ्नो राजिनामा पत्र लिएर प्रधानमन्त्री कार्यालय तर्फ लागेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell