काठमाडौं : फिल्म 'नाईं नभन्नु ल ५'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राईको स्वर रहेको छ। 'तिम्रो आँखामा आँखा जुधाई' बोलको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का अभिषेक नेपाल फचर्ड छन्।
भदौ ८ मा प्रदर्शन हुने फिल्ममा स्वस्तिमा र अभिषेकसँगै निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी लगायको अभिनय रहनेछ। फिल्ममा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको छ।
बिकास राज आचार्यले फिल्मलाई निर्देशन गरेका हुन्। फिल्ममा सामिप्यराज तिमल्सेना र बिकासको कथा रहेको छ। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ।