PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रजनिकांतको फिल्ममा नेपाली कलाकार रोबिन



पहिलोपोस्ट

 रजनिकांतको फिल्ममा नेपाली कलाकार रोबिन

काठमाडौं: सिक्किमका ‌नेपाली कलाकार रोबिन जी गुरुङले दक्षिण भारतीय फिल्म इण्डस्ट्रीका सुपरस्टार रजनिकांतको फिल्ममा काम गर्ने अवसर पाएका छन्।

केहि दिन अघि फिल्म छायाँकनका लागि दार्जलिङ पुगेका रजनिकांतले उनलाई फिल्ममा असिस्टेन्ट लाइन आर्टिस्ट कोअर्डिनेटरको जिम्मेवारी दिएका थिए। लाइन प्रोड्युसर राज सिटौलाको माध्यमद्वारा यस फिल्ममा रोबिनले काम गर्ने अवसर पाएका हुन्।

उनले रजनिकांतको फिल्ममा नेपाली कलाकारलाई अवसर दिने प्रयास गर्ने बताएका छन्। उनलाई बधाई दिनेको ओइरो छ। निर्देशक रामशरण पाठकले पनि रोबिनलाई सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell