PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

ला लिगा २०१८-१९ को खेल तालिका सार्वजनिक : पहिलो एल क्लासिको अक्टोवरमा



पहिलोपोस्ट

ला लिगा २०१८-१९ को खेल तालिका सार्वजनिक : पहिलो एल क्लासिको अक्टोवरमा

स्पानिस ला लिगाको नयाँ सिजन लिग २०१८-१९ को खेल तालिका सार्वजनिक भएको छ। रोएल स्पानिस फुटबल फेडेरेसनले मंगलवार जारी गरेको खेल तालिका अनुसार नयाँ सिजन अगस्ट १८ बाट सुरु हुनेछ।

स्पानिस ला लिगा अन्तर्ग हुने एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडबीच हुने खेल अक्टोवर र अर्को वर्ष मार्चमा हुनेछ।

पहिलो खेल अक्टोवर २८ मा बार्सिलोनाको मैदान नोउक्याम्पमा हुनेछ भने दोस्रो खेल २०१९ मार्च ३ मा सान्टियागो वर्नावेउमा हुनेछ।

२०१८-१९ सिजनको अन्तिम खेलहरु २०१९ मे १९ मा हुनेछ।
 

ला लिगा अघि ला लिगा च्याम्पियन र कोपा डेल रे च्याम्पियनबीच हुने स्पानिस सुपर कप बार्सिलोना र सेभियाबीच अगष्ट १२ मा हुनेछ। दुवै लिग र कोपा डेल रे दुवैमा बार्सिलोना च्याम्पियन भएका कारण कोपा डेल रे को उपिविजेता बनेको सेभियाले बार्सिलोनासँग सुपर कप खेल्नेछ।

साविक विजेता बार्सिलोनाले अलाभेजसँग अगष्ट १९ मा खेल्दै उपाधि रक्षाको अभियान सुरु गर्नेछ। बार्साले अन्तिम खेल आइबरसँग खेल्नेछ।
 

यस्तै युरोपियन च्याम्पियन रियलले अगष्ट १९ मा गेटाफेसँग खेल्दै लिग यात्रा सुरु गर्नेछ। मड्रिड डर्बी भिडन्तमा रियलले पहिलो खेल एट्लेटिकोसँग सेप्टेम्वर ३० मा घरेलु मैदानमा खेल्नेछ भने दोस्रो खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रापोलिटानोमा २०१९ फेब्रुअरी १० मा हुनेछ।

यस्तै नयाँ सिजनबाट भिडियो एसिस्टान रेफ्री (भिएआर) सिस्टम लागु गरिनेछ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell