PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

फिफा बेस्ट मेन्स प्लेअर अवार्डका लागि १० खेलाडीको नाम सार्वजनिक, विश्व विजेता फ्रान्सका ३ खेलाडी समावेश



पहिलोपोस्ट

फिफा बेस्ट मेन्स प्लेअर अवार्डका लागि १० खेलाडीको नाम सार्वजनिक, विश्व विजेता फ्रान्सका ३ खेलाडी समावेश

फिफा दी बेस्ट मेन्स प्लेअरका लागि १० खेलाडीको मनोनयन सार्वजनिक भएको छ। रसियामा सम्पन्न विश्वकप विजेता फ्रान्सका तीन खेलाडी सहित साविक विजेता क्रिस्टियानो रोनाल्डोलाई समावेश गर्दै फिफाले मंगलवार १० खेलाडीको नाम सार्वजनिक गरेको छ।

जुलाई ३ २०१७ देखि १५ जुलाई २०१८ सम्म गरेको प्रदर्शनको आधारमा १० खेलाडी छनोट गरिएको फिफाले जनाएको छ।


यसअघि दुई पटक बेस्ट अवार्ड जितिसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, विश्व विजेता फ्रान्सका एन्टोनी ग्रीजमन, किलिएन एमबाप्पे र राफेल भरानसँगै अर्जेन्टिनाका लियोनल मेसी, विश्वकप उपविजेता क्रोएसियाका कप्तान लुका मोडरिच बेस्ट अवार्डको होडमा छन्। 

यस्तै बेल्जियमका कप्तान एडेन हाजार्ड र केभिन डे ब्रएना, इंग्ल्याण्डका ह्यारी केन र इजिप्टका मोहम्मद सलाह मनोनयन सूचीमा परेका छन्।
 

यस्तै फिफाले बेस्ट मेन्स कोचका लागि ११ कोचको नाम पनि सार्वजनिक गरेको छ। 
  यसैगरी बेस्ट वुमन्स प्लेअर र बेस्ट वुमन्स प्लेअरका लागि १० खेलाडीको नाम सार्वजनिक गरिएको छ।

  बेस्ट वुमन्स कोचको मनोनयन पनि सार्वजनिक गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell