PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

रोकिएन सुन तस्करीः तीन किलो सुनसहित विमानस्थलबाट पक्राउ परे भारतीय नागरिक



पहिलोपोस्ट

रोकिएन सुन तस्करीः तीन किलो सुनसहित विमानस्थलबाट पक्राउ परे भारतीय नागरिक

काठमाडौँ:  त्रिभुवन विमानस्थलबाट दिनहुँजसो सुन तस्करहरू पक्राउ परिरहेका छन्। मंगलबार पनि विमानस्थल प्रहरीले ३ किलो अवैध सुनसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

थाई एयरलयान्सको  फ्लाइट नम्बर टिजी ३२० विमानबाट आएका पाँच जनालाई ३ किलो ३६ ग्राम सुन सहित नियन्त्रणमा लिएको विमानस्थल प्रहरी प्रवक्ता एसपी  दिनेशराज मैनालीले बताए।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक अमृत पल सिंह,ईश्वर दास,अवतार सिंह, हरमिन्द्र सिंह र रिजवत अन्सारी रहेका छन्। उनीहरूले सुन सुटकेसको पाङग्राभित्र लुकाएर ल्याएको एसपी मैनालीले जानकारी दिए।

प्रहरीले बरामद गरेको सुनको मूल्य एक करोड ४७ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।

गत शनिवार पनि थाई एयरलयान्सको विमानबाट थाइल्यान्ड हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई  २ किलो ६७० सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो।

गत असार २२ गते पनि त्रिभुवन विमानस्थल प्रहरीले भारतको केरला बस्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूले दुबई हुँदै आएको १ किलो ६ सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell