PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

प्रधानमन्त्रीलाई तोकियो कानुन मन्त्रालयको जिम्मवारी 



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई तोकियो कानुन मन्त्रालयको जिम्मवारी 

काठमाडौँः कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको छ। मन्त्री तामाङले मंगलबार राजीनामा दिएका थिए। 

मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई नै मन्त्रालयको जिम्मेजारी तोकेकी हुन्। 

राष्ट्रपति कार्यालयबाट मंगलबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ‘आज मिति २०७५ साल साउन ८ गते मंगलबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर तामाङज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले निजले सम्हाल्दै आउनुभएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell