
काठमाडौँः एसिएन गेम्सको तयारीको विशेष प्रशिक्षणका लागि हंगेरी जान लागेको नेपाली जुडो टोलीको भिसा अस्वीकार भएको छ। अगस्ट २५ सम्म प्रशिक्षणका लागि आठ खेलाडीलाई पठाउन लागिए पनि भिसा अस्वीकार भएको हो।
जर्मन एम्बेसीले हंगेरीमा सेसन जारी रहेको र बुकिङ सम्पन्न भइसकेको भन्दै भिसा अस्वीकार गरेको जानकारी नेपाल जुडो संघलाई दिएको हो।
नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्रचार्यले हंगेरी जाने प्रक्रिया रोकिएको बताए। बज्राचार्यले भने ‘डेढ महिनाअघि प्रक्रिया अघि बढाएका थियौँ। जर्मन एम्बेसीबाट जुन इमेल प्राप्त भएको छ हामी दुःखित भएका छौँ। इन्टरनेशनल जुडो फेडेरेशन पनि सकरात्मक थियो। हंगेरीको जुडो फेडेरेशन पनि सकरात्मक थियो। हामी अन्यत्त्र प्रशिक्षणका लागि पठाउने तयारीमा छौँ।’
संघले एसिएन गेम्समा भाग लिने आठ जना खेलाडी प्रशिक्षणमा पठाउने तयारी गरेका थियो।
टोलीलाई प्रशिक्षणका लागि हंगेरी पठाउन खेलकुद मन्त्रालय र खेलकूद परिषदले पहल गरेको थियो।