PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भयो 'चन्द्र, सुर्य र काग'



पहिलोपोस्ट

दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भयो 'चन्द्र, सुर्य र काग'

काठमाडौं :  कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाली नाटक मञ्चन भएको छ। रङ्गकर्मी केदार श्रेष्ठले महोत्सवमा एकल नाटक 'चन्द्र, सुर्य र काग' प्रस्तुत गरेका छन्।

उनले 'पुम थियटर फेस्टिभल २०१८' र ओसितेजा कोरिया इन्टरनेशनल समर थियटर फेस्टिभल थियटरमा नाटक प्रस्तुत गरेका थिए। 'मिस्टर मुन, मिस सन, एण्ड मिसेस क्रो' अङ्ग्रेजी अनुवादित नाटक हो, 'चन्द्र, सुर्य र काग' ।  एक महिने एसियन आर्टिस्ट रेसिडेन्स कार्यशालाका क्रममा नाटक  तयार परिएको थियो।

 केदार थिएटर मलका संस्थापक तथा कला निर्देशक समेत हुन्। नाटकमा कोरियाको लोकप्रिय लोककथामा नेपाली पात्र र परिवेश थपिएको छ।कोरियन आर्ट काउन्सिलको सहकार्यमा गरिएको एसियन आर्टिस्ट रेसिडेन्समा कोरिया, नेपाल, भारत, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका १० रङ्गकर्मी सहभागी थिए। 'थिएटर फेस्टिभल'मा भने विश्वभरबाट विभिन्न देशका नाटकहरु मञ्चन भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell