PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दार्चुलामा पहिरोमा पुरिएर एक मजदूरको मृत्यु्



पहिलोपोस्ट

दार्चुलामा पहिरोमा पुरिएर एक मजदूरको मृत्यु्

बैतडीः पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए।

आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो। मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ।

सँगै सुतेका अन्य मजदूर भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। मृतक ओडको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell