PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

पाकिस्तानमा आज आम निर्वाचनः 'चुनावी क्रिज'मा टिक्लान इमरान खान?



पहिलोपोस्ट

पाकिस्तानमा आज आम निर्वाचनः 'चुनावी क्रिज'मा टिक्लान इमरान खान?
Photo: BBC

पाकिस्तानमा आज संसदीय निर्वाचन हुँदैछ। दोस्रोपटक निर्वाचनमार्फत् सत्ता हस्तानतरण गर्न लागेको हो। चुनावअघिका हिंसाका कारण उच्च सुरक्षा संवेदनशीलता अपनाइएको छ।

३० भन्दा बढी राजनीतिक दल निर्वाचनमा सहभागी छन्। १० करोड ६० लाखभन्दा बढी मतदाताले मतदान गर्दैछन्। मतदानका लागि करिब ८५ हजार मतदान केन्द्र स्थापना गरिएको छ।

मतदाताले प्रत्येक दुर्इ सिटका लागि मतदान गर्नु पर्नेछ। एउटा राष्ट्रियसभाका लागि र अर्को प्रान्तीय सभाका लागि मतदान हुनेछ। बलोचिस्टान, खाइबर, पाकतुनखवा,पञ्जाव र सिन्ध प्रान्तमा पनि आजै मतदान हुँदैछ।

राष्ट्रियसभाका लागि कूल ३४२ सिटमा कम्तीमा १३७ सिट जित्ने पार्टीले केन्द्रमा सरकार गठन गर्न सक्छ।

नवाज शरिफको पाकिस्तान मुस्लिम लिग (नवाज) र इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरिक इ इन्साफबीच यसपटक कडा टक्कर हुने आँकलन गरिएको छ।

यस्तै बेनेजिर भुट्टोका छोरा बिलावल भुट्टो जर्दारीले नेतृत्व गरिरहेको पाकिस्तान पिपल्स पार्टी पनि प्रतिस्पर्धामा छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell