
काठमाडौं: नाटक 'मिस्टर फक्स एण्ड दी स्कूल ब्वाइ'को मञ्चन सुरु भएको छ। मङ्थलबार टेकुस्थित कौसी थिएटरमा नाटकको पहिलो सो भयो।
नाटकले बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धको कथा भन्छ। चे शंकरले परिकल्पना एवं निर्देशन गरेको नाटकले जनावर संरक्षण र त्यसको महत्वको संदेश दिन्छ। नाटकललाई गार्डेन थिएटरले निर्माण गरेको हो।
'सहरीकरणले निम्त्याउने अवस्था देखाइएको छ। जहाँ स्कूल पढ्ने विद्यार्थी केन्दीय पात्र हो।' नाटक यसअघि नै नाँच घर र कलकत्तामा पनि मञ्चन भैसकेको थियो।
साउन १३ सम्म मञ्चन हुने नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय रहेको छ। नाटक हरेक साँझ ५:३० बजे सुरु हुनेछ। शनिबार दिउसो १:३० मा पनि नाटकको अतिरिक्त सो रहेको छ।