PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रहरी र अटोरिक्सा व्यवसायीबीच भरतपुरमा झडप, प्रहरीले चलायो गोली



विधुर ढकाल

प्रहरी र अटोरिक्सा व्यवसायीबीच भरतपुरमा झडप, प्रहरीले चलायो गोली

काठमाडौँ : चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले गोली चलाएको छ। गोली लागेर एक जना घाइते भएका छन्।
 
प्रहरीले चलाएको गोली लागेर अटोरिक्सा चालक नवलपुर गैँडाकोटका महेन्द्र सुनार रहेको प्रहरीले जनाएको छ। सुनारको खुट्टामा गोली लागेको छ। घाइतेको उपचार भइरहेको छ।

भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा रिक्सा व्यवसायी र प्रहरीबीच झडप भएको हो।
 
जिल्ला प्रशासन कार्यालय नजिक रहेको केन्द्रीय बस टर्मिनलमा भएको पर्दशनका क्रममा दुवै पक्षबीच झडप भएको हो। प्रहरीले प्रदर्शनकारीहरुलाई लाठी चार्ज गर्दै कैयौं सेल अश्रु ग्यास र १० राउण्ड गोली हानेको हो। 

भरतपुर महानगरपालिकाले साउन ५ गते देखि भरतपुर महानगरपालिकाको मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाएको थियो। महानगरपालिकाले लगाएको प्रतिबन्ध विरुद्ध अटोरिक्सा व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

जिल्ला प्रशासन कार्यालय परिसरसँगैको प्रहरी कार्यालयमा आक्रमण गर्न खोजेपछि गोली चलाएको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell