PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संघले माग्यो कर्णाली सरकारको यर्थाथ विवरण



पी बी खड्का

संघले माग्यो कर्णाली सरकारको यर्थाथ विवरण

सुर्खेत : संघीय सरकारले कर्णाली प्रदेश सरकारको वस्तुस्थितिबारेको विवरण पठाउन निर्देशन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रदेको भौतिक संरचना, प्रदेशमा अहिलेसम्म बनेका ऐन कानून, कर्मचारी दरबन्दी विवरण लगाएतको वस्तुस्थितिको विवरण पठाउन निर्देशन आएको हो।
 
मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज बरालका अनुसार संघीय सरकारको निर्देशनअनुसार सम्पूर्ण वस्तुस्थिति विवरण पठाउने तयारी भएको छ। 

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेशको भौतिक संरचना, अहिले सम्म बनेका ऐन, कानुन, कर्मचारी दरबन्दी लगायतका वस्तुस्थितिको विवरण पठाउने भनेको छ,’ उनले भने, ‘सकेसम्म आजै मागेको सम्पूर्ण विवरण पठाउने तयारीमा छौँ।’

विषयगत मन्त्रालयलाई समेत जति सक्यो छिटो मागेको विवरण पठाउन समेत ताकेता गरेको उनले बताए। संघीय सरकारले प्रदेशका भौतिक संरचना, स्रोत व्यवस्थापन लगाएत विवरण मागेको छ। 

त्यस्तै, संघले कर्णालीका स्थानीय तहमा राजनीतिक विवाद भए नभएको यर्थाथ विवरण पठाउन समेत निर्देशन गरेको बताए।  ‘यसअघि डोल्पा र हुम्लामा राजनीतिक ढंगबाट स्थानीय तहमा विवाद भएको थियो,’ उनले भने, ‘त्यसैले पनि होला स्थानीय तहको राजनीतिक अवस्था, विवादित छन् या छैनन् भनेर पनि जानकरी मागेको छ।’

संघीय सरकारले कर्णालीको अवस्थाबारे बुझ्नु राम्रो पक्ष भएको उनको भनाई छ। कर्णालीमा आवश्यक जनशक्ति, भौतिक पूर्वाधार लगायतको सहयोग हुने विश्वास लिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell