PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

प्रस्तावित प्रधान न्यायाधीशलाई प्रश्न : ‘एनसेल काण्डमा के भएको हो? सार्वजनिक जग्गा व्यक्तिको कसरी?’



बीपी साह

प्रस्तावित प्रधान न्यायाधीशलाई प्रश्न : ‘एनसेल काण्डमा के भएको हो? सार्वजनिक जग्गा व्यक्तिको कसरी?’

काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीलाई सांसदहरुले एनसेल काण्डबारे प्रश्न सोध्ने भएका छन्।

आज बसेको संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्धका उजुरीमाथि अध्ययन तथा छलफल भएपछि सांसदहरुले प्रश्नको तयारी गरेका हुन्।

समितिमा दर्ता भएका उजुरीमध्ये एनसेल प्रकरणका विषयमा सांसदहरुले चासो व्यक्त गरेका छन्। 

बैठकमा सहभागी एक सांसदका अनुसार भोलि जोशीलाई सोधिने प्रश्नमा एनसेल प्रकरण पहिलो नम्बरमा रहेको छ।

त्यसैगरी, प्रधान मन्त्री, प्रधान न्यायाधीश निवास बालुवाटारसँगै जोडिएको सार्वजनिक जग्गा व्यक्तिका नाममा हुनेगरी आदेश गर्नेमध्येका एक जोशीसँग उक्त विषयमा पनि प्रश्न गरिने भएको छ। 

मुआब्जा समेत वितरण भइसकेको अवस्थामा सार्वजनिक जग्गा व्यक्तिको नाममा हुने आदेश मौजुदा भूमिसुधार ऐन विपरीत समेत भन्दै उजुरी परेको छ। 

आजको बैठकमा अन्य उजुरीहरुका विषयमा पनि सांसदहरुले छलफल गरेका छन्।

भोलि समितिको बैठकमा जोशीलाई बोलाइएको छ। बैठकमा सांसदहरुले जोशीसँग प्रश्न गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell