PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

डेढ महिनापछि खुल्दैछ लाइसेन्सको आवेदन



पहिलोपोस्ट

डेढ महिनापछि खुल्दैछ लाइसेन्सको आवेदन

काठमाडौं : करिब डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदन आइतबारबाट खुल्ला हुने भएको छ।

देशैभरि साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभाग निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए। विभागले गत जेठ अन्तिम सातादेखि आवेदन बन्द गरेको थियो। राजश्व संकलन, मिलान, बाँकी रहेको रिटालयको ब्याक लक सक्ने भन्दै विभागले आवेदन बन्द गराएको थियो।
 
विभागका अनुसार ए, के र बी  क्याटेगोरीका सवारी साधनका लागि आवेदन दिन सकिने छ। ए (बाइक), के(स्कुटर) र बी (जीप/कार) का लागि आवेदन दिन सकिने छ। विभागले अहिले अनलाइन आवेदन अनिवार्य गरिसकेको छ।
 
देशैभरबाट परम्परागत लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याइएपनि लाइसेन्स पाउन ९/१० महिना कुर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। करिब चार लाखले सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा पास गरेपनि लाइसेन्स पाउन सकेका छैनन्। स्मार्ट कार्ड कार्यान्वयनमा ल्याउनु अघि गर्नुपर्ने तयारी नहुदा यस्तो अवस्था आएको हो।
 
कार्ड र प्रिन्टर ल्याउने जिम्मा पाएको मन्द्रास प्रिन्टर्सका कारण समस्या भएको विभागको भनार्इ छ। करिब साढे तीन लाख कार्ड ल्याए पनि सँगै ल्याएको मेसिनमा समस्या देखिएपछि लाइसेन्स छाप्न नसकिएको हो। कम्पनीले इण्डियमै मेसिन चेक गरेर नल्याएका कारण समस्या भएको निर्देशक अर्यालले जानकारी दिए। 
 
उनका अनुसार कम्पनीबाट दुर्इ तीन पटक प्राविधिक आएपनि समस्या हल हुन सकेको छैन। दुर्इ महिनादेखि नयाँ ल्याइएका प्रिन्टरहरु त्यसै थन्किएको छ। अहिले विभागमा चारवटा पुराना मेसिनबाट काम भइरहेको छ। दैनिक ५ हजार लाइसेन्सको माग भए पनि अहिले बल्ल २ हजार छापिने गरेको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell