PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

विश्व हेलिकोप्टर प्रतियोगिता बेलारुसमा सुरु

विश्व हेलिकोप्टर प्रतियोगिता बेलारुसमा सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


मिन्स्क, बेलारुस : बेलारुसको राजधानी मिन्स्कमा मङ्गलवारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ। उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ।

मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो। जहा हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ।

यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालक दलका सदस्य रहेका छन्।

आयोजकका अनुसार सो प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ। यसक्रममा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न खालका उडान र सुरक्षित अवतरणजस्ता सीपको बारेमा प्रतिस्पर्धा हुनेछ।

यो प्रतिस्पर्धा सकिएपछि यही जुलाई २८ देखि २९ सम्म प्रतिस्पर्धास्वरुप वार्षिक उडान महोत्सव पनि आयोजना गरिएको छ। यस महोत्सवमा बेलुन र साना उडानको पनि प्रतिस्पर्धा गरिने छ। यस्तो प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गरेको छ। (रासस/एएफपी)

फोटो : https://www.fai.org/http://eng.belta.by



ट्रेन्डिङ पोस्ट

Ncell