
काठमाडौं: अमेरिका पढ्न गएका नेपाली विद्यार्थीको कथामा वेब सिरिज 'प्रेमादी' बनेको छ। कुबेर दंगालको निर्देशनमा बनेको सिरिजको ट्रेलर समेत सार्वजनिक भएको छ। सिरिजमा विद्यार्थीहरुको भोगाई, माया, प्रेम, नेपाली संस्कृती र जीवनशैलीलाई देखाउन खोजिएको निर्माण टिमले जनाएको छ।
सिरिजमा सफल निरौला, नैना श्रेष्ठ, सुमन देबकोटा, रसिला ओझा, बिशाल थापा लगायतको अभिनय रहेकोछ। सिरिजमा आशिष खनियाको कथा र कमल पाण्डेको छायाँकन रहेको छ। हरेक १५ दिनमा युट्युब मार्फत सिरिज सार्वजनिक हुनेछ।
निर्देशक दंगालले युट्युब च्यानल इम्याजिन क्रियसन्स मार्फत सिरिज प्रशारण हुने बताए । उनले यसअघि क्याफे एक्सप्रेस, पाले दाई, दशैको भुत, लभ अ मिस्ट्री लगायतको लघु फिल्म निर्देशन गरिसकेका छन्।