काठमाडौं: गृह मन्त्रालयले एकै पटक ठूलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको छ।
बुधवार देशभरका अधिकांश प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य आएका छन्। ललितपुर सिडिओ कार्यालयमा प्रेमराज जोशीलाई सरुवा गरिएको हो।
त्यसैगरी सिन्धुपाल्चोकका सिडिओ अासमान तामाङ मकवानपुरमा सरुवा भएका छन्।