PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

१७ वर्ष अघि रेकर्ड भएको गीतमा म्युजिक भिडियो



पहिलोपोस्ट

१७ वर्ष अघि रेकर्ड भएको गीतमा म्युजिक भिडियो

काठमाडौं : गीतकार विजय सिवाकोटीको शब्दमा सन् २००० मा रेकर्ड भएको 'जिन्दगीले जता लान्छ' बोलको गीतमा भिडियो तयार भएको छ। राजु सिंहको संगीत रहेको गीत वरिष्ठ गायक प्रेमध्वज प्रधानले गाएका हुन्। 

ह्यारी महर्जनको सम्पादन तथा छायाँकनमा तयार भएको भिडियोमा विजयसहित गायक र संगतीकार पनि फिचर्ड छन्। भिडियोलाई राजेश श्रेष्ठले निर्देशन गरेका हुन्। गीत रेकर्ड भएको १७ वर्षपछि भिडियो बनेको सिवाकोटीले जानकारी दिए। यूट्युब मार्फत् गीतको भिडियो सार्वजनिक भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell