PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

एसियन गेम्स फुटबलमा थपिए युएई र प्यालेष्टाइन, यस्तो छ नयाँ खेल तालिका



पहिलोपोस्ट

एसियन गेम्स फुटबलमा थपिए युएई र प्यालेष्टाइन, यस्तो छ नयाँ खेल तालिका

काठमाडौं :  इन्डोनेसियामा आगामी अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ।

यसअघि नै फुटबलको खेल तालिका सार्वजनिक भएपनि युएई र प्यालेष्ठाइन थपिएपछि पुन: नयाँ खेल तालिका जारी गरिएको हो। तर पुरानो तालिकामा कुनै परिवर्तन नगरी यी दुई टोलीलाई दुई समूहमा थप गरिएको हो।

समूह ए मा प्यालेष्ठाइन र समूह ई मा युएई थपिएपछि दुवै समूहमा ५-५ टोली छन्।

समूह ए मा इन्डोनेसिया, हङकङ, लाओस, चाइनिस ताईपेई र प्यालेष्टाइन छन्। यस्तै समूह ई मा दक्षिण कोरिया, कीर्गिस्तान, मलेसिया, बहराइन र युएई छन्।

नेपाल समूहमा डी मै यथावत छ। नेपाल रहेको समूहमा एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तान छन्।

एसियन गेम्स अगस्ट १८ देखि सुरु हुने भएपनि फुटबल भने ४ दिन अगाडी नै सुरु हुनेछ। एसियन गेम्समा फुटबल खेल्ने २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ।

एसियन गेम्समा यू-२३ राष्ट्रिय टिमले खेल्छन्। यद्यपी उक्त टिममा २३ वर्षमाथिका पनि ३ खेलाडी राख्न पाउने प्रावधान छ। नेपालले एसियन गेम्सका लागि २० सदस्यीय टोली घोषणा गरिसकेको छ। नेपालले अगष्ट पहिलो साता थाइल्याण्ड्सँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भइसकेको छ।

चारवर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियन गेम्समा पनि नेपाल र जापान एउटै समूहमा थियो। समूहमा इराक र कुवेत पनि थिए। नेपालले तीन वटै खेलमा पराजय बेहोरेको थियो।

 

एसियन गेम्स (फुटबल) : नेपाल र जापान एउटै समूहमा

 

एसियन गेम्स अघि नेपाली फुटबल टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell