PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

३३ किलो सुन प्रकरण अनुसन्धानका संयोजक सहसचिव ईश्वरीराज पौडेल अध्यागमन विभागमा सरुवा



पहिलोपोस्ट

३३ किलो सुन प्रकरण अनुसन्धानका संयोजक सहसचिव ईश्वरीराज पौडेल अध्यागमन विभागमा सरुवा

काठमाडौ : ३३ किलो सुन तस्करी छानिविन प्रकरणका संयोजक सह सचिव ईश्वरीराज पौडेलको सरुवा भएको छ। 

गृह मन्त्रालयमा रहेका सहसचिव पौडेलेको बुधवार भएको सहसचिवहरुको सरुवामा अध्यागमन विभाग पठाइएको हो। सरकारले गत चैत ३० गते गठन गरेको उच्चस्तरीय छानविन टोलीको पौडेलले नेतृत्व गरेका थिए। उनले नै विमानस्थलबाट ३ हजार ८ सय किलो सुन तस्करी भएर भित्रिएको तथ्य बाहिर ल्याएका थिए।

सय दिन लामो अनुसन्धानमा समितिले ९ जना प्रहरीसहित ७५ जनलाई प्रतिवादी बनाएको छ।

अर्थ मन्त्रालयका सहसचिव अर्जुनप्रसाद पोखरेल गृह मन्त्रालय हुँदै कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell