PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

'हुकुम'मा भारदार प्रस्तुति, कथाको माग कि शब्दलाई न्याय?



पहिलोपोस्ट

'हुकुम'मा भारदार प्रस्तुति, कथाको माग कि शब्दलाई न्याय?

काठमाडौं: फिल्म ’सुश्री सम्पति’ को पहिलो गीतको भिडियो सार्वजनिक भयो। प्रचार सामाग्री स्वरुप सार्वजनिक भिडियोमा दरबारमा हुने भारदार प्रस्तुति देखाइएको छ। भिडियोमा प्रयोग पोशाक र प्रप्सले त्यस्तै संकेत गर्छ।

भारदार प्रस्तुति र त्यसैको लागि तयार पारिएको सामाग्रीहरु कथाको माग हो की गीतको शब्दहरुसँग मिलाउन मात्र खोजिएको हो? 

गीतको भिडियो बारे निर्देशक सुब्रत आचार्य भन्छन्,'गीत कथा सुहाउँदो छ। त्यसैले सोही अनुरुप काम गरेका हौं। पोशाक गीतकै लागि गरिएको हो। तर यसले कथाकै प्रसंगलाई अगाडी बढाउँछ।'

गीतको भिडियोमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। जसलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् भने शिवराम श्रेष्ठले खिचेका हुन्। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राइको स्वर रहेको छ।

फिल्ममा अन्य कलाकार प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell