PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

महिला लिग फुटबल : एपीएफको जितमा साबित्रा र अनिताको ह्याट्रिक, पुलिस रौतहटसँग स्तब्ध



पहिलोपोस्ट

महिला लिग फुटबल : एपीएफको जितमा साबित्रा र अनिताको ह्याट्रिक, पुलिस रौतहटसँग स्तब्ध

काठमाडौँ : साबित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक गरेपछि एपीएफले उपराष्ट्रपति महिला राष्ट्रिय लिगमा काठमाडौँ जिल्ला फुटबल एसोसिएसनलाई १०-० ले पराजित गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार भएको खेलमा एपीएफका लागि साबित्रा एक्लैले १० गोल गरिन्। उनले खेलको ३२औँ, ५१औँ, ८४औँ र ८५औँ मिनेटमा गोल गरिन्। यस्तै अनिता केसीले दोस्रो, २०औँ र ३०औँ मिनेटमा गोल गरिन्।

अनु लामा र अनिता बस्नेतले एक-एक गोल गरिन्।

एपीएफले पहिलो खेलमै फराकिलो जित हात पार्दा काठमाडौँको भने यो लगातार दोस्रो हार हो। काठमाडौँ पहिलो खेलमा रौतहटसँग पराजित भउको थियो।

यस्तै बुधवारै भएको दोस्रो खेलमा रौतहटले विभागीय पुलिसलाई स्तब्ध पार्दै १-० को जित हात पार्‍यो। रौतहटलाई लगातार दोस्रो जित दिलाउन अस्मिता वैद्यले खेलको १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell