PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बस र माइक्रोबस ठोकिँदा पत्रकारको मृत्यु



पहिलोपोस्ट

बस र माइक्रोबस ठोकिँदा पत्रकारको मृत्यु

राजविराज : राजविराज–भारदह सडक खण्ड अन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका – ६ बस्ने ४५ वर्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

विराटनगरबाट राजविराज आउँदै गरेको को १ ज २१४९ नम्बरको माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१० नम्बरको बससँग ठोक्किँदा सो दुर्घटना भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। 

घाइतेलाई विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell