PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

अनिल शाहको १३१ रन, शरद शतकबाट दुई रनले चुके, इस्ट लण्डन ११ लाई नेपालले दियो ३३९ रनको लक्ष्य



पहिलोपोस्ट

अनिल शाहको १३१ रन, शरद शतकबाट दुई रनले चुके, इस्ट लण्डन ११ लाई नेपालले दियो ३३९ रनको लक्ष्य
फोटो र स्कोरकार्ड : रमन शिवाकोटी

काठमाडौं : युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा आज इस्ट लण्डन-११ सँग खेलिरहेको छ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको छ। नेपालको लागि ओपनर अनिल कुमार शाहले शतक प्रहार गरे भने शरद भेषावकर शतकबाट २ रनले चुके।

५८ रन हुँदा ३ विकेट गुमाएको नेपालको लागि अनिल र शरदले मिलेर चौथो विकेटका लागि २१२ रनको साझेदारी गरे।

अनिलले ११८ बल खेल्दै १९ चौका र ३ छक्का प्रहार गरे। यस्तै ८६ बल खेलेका शरदले ६ चौका र ५ छक्काको मद्दतमा ९८ रन बनाए। यस्तै सोमपाल कामीले २९ तथा रोहित कुमार पौडेलले ११ रन जोडे

इस्ट लण्डन-११ का लागि अर्सलान खानले ३ तथा नबिल अजिजले २ विकेट लिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell