PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

बानेश्वरको काव्य स्कुलको टोलीले नर्वेमा फुटबल खेल्ने



पहिलोपोस्ट

बानेश्वरको काव्य स्कुलको टोलीले नर्वेमा फुटबल खेल्ने

काठमाडौं : नयाँबानेश्वरको काव्य स्कुलका खेलाडीले लगातार दोस्रो पटक नर्वेमा फुटबल खेल्दैछन्। आगामी शनिबारदेखि नर्वेको राजधानी ओस्लोमा आयोजना हुने नर्वे कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिन काव्य स्कुलका खेलाडी शुक्रवार त्यसतर्फ प्रस्थान गर्दैछन्।

काव्य स्कुलबाट नर्वे कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता भाग लिएको यो दोस्रो पटक हो। यसअघि गतवर्ष पनि काव्य स्कुल टोली नर्वे गएको थियो।

नर्वे सरकारको आयोजनामा हुन लागेको सेभेन ए साइड फुटबल प्रतियोगितामा जुनियर फुटबल एशोसियन (जेएफए) नेपालको तर्फबाट सो टोली शुक्रबार बिहान नर्वे जाँदैछ।

जेएफएका संस्थापक अध्यक्ष तथा काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काको नेतृत्वमा नर्वे जान लागेको सो टोलीमा सो एशोसियसनका प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका साथै ८ जना खेलाडी छन्।

फुटबल खेलाडीहरुमा ओम दाहाल, प्रसुन निरौला, सञ्जय खत्री, विपेश बुढाथोकी, सनुप श्रेष्ठ, क्षिनीत भट्टराई, प्रयुस खड्का र इशान गौतम छन्।

राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), शिक्षा मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतम, काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा निर्देशकहरु प्रेमराज अर्याल र दिलीप थापाले नर्वे जान लागेका खेलाडीहरुलाई बुधवार बिदाई गरे।

संसारभरका कररब एकसय वटा मुलुकका फुटबल खेलाडीहरुले भाग लिने सो प्रतियोगिताको पहिलो दिन काव्य स्कुलको टोलीले नर्वेसँग लिग खेल खेल्ने काव्य स्कुल टोलीका प्रमुख प्रशिक्षक क्षेत्रीले बताएका छन। लिगपछि नकआउट खेल हुनेछ।

काव्य स्कुलका विद्यार्थीहरुले सो प्रतियेगितामा २ वटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै ओस्लोमा आयोजना हुने कम्प्युटर तथा शिक्षासम्वन्धी विश्वस्तरीय प्रर्दशनीमा भाग समेत लिने छ।

जेएफएका संस्थापक अध्यक्ष तथा काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्काका अनुसार यसअघि काव्य स्कुलका खेलाडीले गतवर्ष नर्वे कपका लागि खेलेका थिए भने त्यसअघिका वर्षमा अमेरिकाको फ्लोरिडा, थाइल्याण्डको बैंकक र ताइवानमा जुनियर फुटबल खेल खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell