PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

एसियन गेम्सको तयारीका लागि नेपाली फेन्सिङ टोलीले दक्षिण कोरिया जाने



पहिलोपोस्ट

एसियन गेम्सको तयारीका लागि नेपाली फेन्सिङ टोलीले दक्षिण कोरिया जाने

काठमाडौं : इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहिवार दक्षिण कोरियाको सोल प्रस्थान गर्दैछ। समान ४ पुरुष र महिला खेलाडी तथा २ प्रशिक्षकसहित १० सदस्यीय टोली कोरिया जान लागेको हो।

पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट तथा महिलामा कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल र अस्मिता बस्नेत छन्। प्रशिक्षकमा अभिषेक कार्की तथा जलिन्द्रबहादुर शाही रहेका छन्।

नेपाली फेन्सिङ टोलीले जुलाई २६ देखि अगष्ट १५ तारिखसम्म सिओल फिजिकल एजुकेसन हाइ स्कुलमा प्रशिक्षण गर्नेछ। अगष्ट १५ मै टोली सोलबाट इन्डोसिया जानेछ।

नेपालले पुरुष-महिलाको फोइल र साब्रेतर्फ व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन्। एसियाडअन्तर्गत फेन्सिङको प्रतिस्पर्धा अगष्ट १९ देखि २४ तारिखसम्म चल्नेछ।

टोलीलाई प्रतिनिधि सभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार सातदोबाटोमा बिदाई गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell