PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

दिपेश र र जीवन क्वार्टरफाइनलमा



पहिलोपोस्ट

काठमाडौं : विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिस क्लबका जीवन आचार्य अन्नपूर्ण पोस्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलदकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा बुधवार भएको खेलमा दिपेशले जेष्ठ ब्याडमिन्टनका सुनिल जोशीलाई २१–१५, १८–२१, २१–१० को सेटमा हराए। जीवनले नेपालका बैकुण्ठ श्रेष्ठलाई २१–११, २१–१६ ले पछि पारे।

सोही स्पर्धाको अन्य खेलमा भारतका सुभ देले नेपाल पुलिसका दिपक बोहोरालाई २१–१३, २१–१९, बंगलादेशका महमद सलाम खानले एपीएफका विजित थापामगरलाई २१–११, २१–१३ र आर्मीका प्रफुल मर्हजनले एपीएफका निरञ्जन देवकोटालाई २१–६, २१–१३ ले हराउँदै क्वर्टरफाइनलमा स्थान बनाए।

अर्को खेलमा आर्मीका रुकेश मर्हजनले भारतका शेख महमद रोविनलाई २१–१७, २१–१७, पुलिसका विष्णु कटुवालले आर्मीका प्रविन लिङथेपलाई २२–२०, २१–१६, २१–८ ले हराउँदै क्वार्टरफाइनलमा पुगे। नेपालका प्रिन्स दाहालले वाकओभर पाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

 

नङ्शल र सम्झना क्वार्टरफाइनलमा

यसैगरी महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी नङ्शल तामाङ र बाँकेकी शम्झना शर्मा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। नङ्शलले जेष्ठ ब्याडमिन्टनकी मनिषा खड्कालाई २१–७, २१–३ ले हराईन्। शम्झनाले प्रदेश ४ की प्रजिता गुरुङलाई २१–७, २१–१२ ले हराईन्।

अर्को खेलमा एपीएफकी शोभा गौचनले प्रदेश १ की निता लम्साललाई २१–१७, २३–२१, आर्मीकी रसिला मर्हजनले प्रदेश ५ की समिक्षा न्यौपानेलाई २१–५, २१–७, आर्मीकी अनु राईले प्रदेश ५ की शुस्मा शर्मालाई २१–९, २१–८, भोजपुरकी सिता राईले प्रदेश ६ की पुष्पा शाहीलाई २१–१०, २१–४, आर्मीकी अमिता गिरीले प्रदेश ४ की आकृति केसीलाई २१–३, २१–६ को सोझो सेटमा पछि पार्दै क्वार्टरफाइनलमा पुगिन्। अर्को खेलमा पाकिस्तानकी सहाजेद माहोरले प्रदेश १ की सिमा राजवंशीसँग वाक ओभर पाईन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell