PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

दाङमा बन्ने भयो २४ करोड २४ लाखको लागतमा रंगशाला



पहिलोपोस्ट

दाङमा बन्ने भयो २४ करोड २४ लाखको लागतमा रंगशाला

दाङ : दाङमा २४ करोड २४ लाख नगदमा रंगशाला निर्माण हुने भएको छ। तुलसीपुर उपमहानगरपालिका १७ बेलझुण्डीमा निर्माण हुने रंगशालामा ३ हजार दर्शक अटाउने क्षमता रहनेछ।

१७ विगाहामा बन्ने रंगशाला निर्माणको ठेक्का दिवा एमए प्रतिष्ठान कन्ट्रक्सन जेभी काठमाडौँले पाएको छ। आगामी मंसिरभित्र सो रंगशाला निर्माण गरिसक्ने गरी सम्झौतामा उल्लेख छ।

१५ विगाहा जग्गामा बन्ने दाङको रंगशाला निर्माणको जिम्मा दिवा एमए प्रतिष्ठान कन्स्ट्रक्सन जेभी काठमाडौंले पाएको छ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बुधवार उक्त रंगशालाको शिलन्यास गरे।

शिलान्यासका लागि सभामुख महरा सहित युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य सचिब केशबकुमार विष्ट दाङ पुगेका थिए।

सभामुख महराले रंगाशालाको शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्ने बताए। उनले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताए।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तोकिएको समयमा गुणस्तरीय रंगशाला निर्माण गर्न सबैले निगरानी गर्नुपर्नेमा जोड दिए।

राखेपका सदस्य–सचिव केशकुमार विष्टले आधुनिक प्रविधिबाट नटबोल्ड जोडेर रंगशाला निर्माण गरिने बताए। उनले राखेपले तुलसीपुर, इटरी र पोखरालाई पनि ‘स्पोर्ट सिटी’को रुपमा विकास गर्ने प्रयास भइरहेको जानकारी दिए।

आगामी मंसिर २१ देखि २८ गतेसम्म आयोजना हुने आठौँ राष्ट्रिय खेलकूददाई मध्यनजर गर्दै निर्माण गर्न लागिएको बेलझुण्डी रंगशालामा सेन्थेटिक एथ्लेटिक्स ट्रयाक निर्माण, फूटबल मैदान, भीआईपी प्याराफिट निर्माण, खेलाडी चेन्जिङ रुम, बैठक कक्ष, मिडिया सेन्टर र साधारण प्याराफीट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell