PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

धुलिखेलमा बस दुर्घटना, कम्तीमा ३० यात्रु घाइते



पहिलोपोस्ट

धुलिखेलमा बस दुर्घटना, कम्तीमा ३० यात्रु घाइते
फोटो गणेश अधिकारीको फेसबुकबाट

काठमाडौँः काभ्रेको भकुण्डेबेसीबाट बनेपातर्फ आउँदै गरेको हिमाल तराई यातायात यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएका छन्। बा ३ ख ८१५५ नम्बरको यात्रुबस बिहीबार बिहान धुलिखेल बेइजिङ प्लान्ट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। क्षमताभन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। बसमा करिब ७० यात्रु सवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell