PahiloPost

May 15, 2026 | १ जेठ २०८३

रसुवामा पहिरोः १२ जना घाइते, प्रहरी पोस्ट पहिरोले पुर्‍यो



पहिलोपोस्ट

रसुवामा पहिरोः १२ जना घाइते, प्रहरी पोस्ट पहिरोले पुर्‍यो
फोटो उत्तरगया गाउँपालिकाको फेसबुक पेजबाट

रसुवाः गएरातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोस्ट पहिरोले पुरेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो। सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ।

पहिरोमा परी आठ/दश जना बेपत्ता भएको अनुमान गरिएको छ। गएराति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताए।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell