काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ आज हुँदैछ। प्रधानन्यायाधीशमा सिफारिस भएको डेढ महिनापछि जोशीको सुनुवाइ हुन लागेको हो। उनीविरुद्ध पाँच उजुरी परेका छन्।
बिहीबार दिउँसो १ बजे जोशीको सुनुवाइ हुँदैछ।
समितिले पहिलोपटक प्रस्तावित पदाधिकारीलाई लिखित प्रश्नावली तयार पारेको छ। लिखित बाहेक अन्य प्रश्न पनि सांसद्हरुले गर्न पाउनेछन्। लिखित प्रश्नावली भने उजुरीमा आधारित रहेर बनाइएको छ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदले अवकाशको पत्र थमाएपछि चैत १ गते राजीनामा दिएका थिए। राजीनामा दिएको करिब दुई महिनापछि संवैधानिक परिषद् जेठ २८ गते जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
संघीय संसद्को संयुक्त कार्यसञ्चालन नियमावली पारित नहुँदा असार २९ गतेदेखि मात्र सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो।