PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

व्यक्ति हत्यामा दोषी ठहर भएका मल्ल तीन वर्षपछि पक्राउ



पहिलोपोस्ट

व्यक्ति हत्यामा दोषी ठहर भएका मल्ल तीन वर्षपछि पक्राउ

भक्तपुरः हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ।

विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए।

भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेश अनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell