PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

इन्टरनेशनल च्याम्पियन्स कप : युभेन्टस, बेनफिका, लिभरपुल र टोनहम विजयी



पहिलोपोस्ट

इन्टरनेशनल च्याम्पियन्स कप : युभेन्टस, बेनफिका, लिभरपुल र टोनहम विजयी

प्रिसिजन टुर अन्तर्गत हाल अमेरिकामा भइरहेको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा युभेन्टस बेनफिका लिभरपुल र टोनहम विजयी भएका छन्।

इटालियन च्याम्पियन युभेन्ट्सले जर्मन च्याम्पियन वायर्न म्युनिखलाई २-० ले हरायो। युभेन्ट्सका लागि दुवै गोल आन्द्रे फाबिलीले गरे।

अर्को जर्मन क्लब बवरुसिया डर्टमण्डलाई पोर्चुगिज क्लब बेनफिकाले पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्‍यो। निर्धारित समयमको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टीसुटआउट भएको हो।

यस्तै दुई प्रिमियर लिग क्लबबीचको भिडन्तमा लिभरपुलले म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गरेको छ। लरेय सानेले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएपनि मोहम्मद सलाह र साडियो मानेले गोल फर्काउँदै लिभरपुलाई जिताए।

मानेले अन्तिम समयमा पेनाल्टीमार्फत निर्णायक गोल गरे।

यस्तै अर्को प्रिमियर लिग क्लब टोटनहम हट्सपरले एक गोलले पछि परेको स्थिती उल्टाउदै इटालियन क्लब रोमालाई ४-१ ले पराजित गरेको छ।

प्याट्रिक स्सिकले खेलकव तेस्रो मिनेटमै गोल गर्दै रोमालाई अग्रता दिलाएपनि फ्लोरेन्ट लरेन्टे र लुकास माउराले २-२ गोल गरेपछि टोटनहमले सजिलै खेल जित्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell