PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बालक अंकित हत्याको विरोधमा बारामा प्रदर्शन



राधेश्याम पटेल

बालक अंकित हत्याको विरोधमा बारामा प्रदर्शन
फोटोः रीना बजगाईँको फेसबुकबाट

वीरगंजः बाराबाट अपहरण गरी हत्या गरिएका जितपुर सिमरा -७ जितपुर बजारका ९ वर्षीय अंकित गुप्ताको हत्यामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन सुरु भएको छ।

पूजा खाद्य स्टोर्सका सञ्चालक ललन गुप्ताका छोरा अंकितको जेठ २२ गते  जितपुरबाट अपहरण भएको थियो। 

पीडित परिवार र आफन्तले बुधबार साँझ जितपुर बजार बन्द गरी हत्यारा पत्ता लगाई दोषीमाथि कारबाहीको माग गरेका हुन्। हत्याको विरोधमा नगर उद्योग वाणिज्य संघको पहलमा बजार बन्द गरी प्रदर्शन गरिएको हो। 

अपहरणकारीले परिवारसँग ६४ लाख भारु लिएको दाबी गरिएको छ। परिवारले सुरुमा १५ लाख फिरौती बुझाइएको दाबी गरेको थियो। फिरौती रकम लिएर पनि बालकको हत्या भएको हो। 

परिवारले बारा प्रहरी नेतृत्व असफल भएको आरोप लगाएको छ। बारा प्रहरीको नेतृत्व एसपी मीरा चौधरी छिन्। 

घटनाबारे प्रहरीले अपहरण दशभन्दा बढीसँग सोधपुछ गरेको थियो। जसमध्ये रामप्रवेश साह गोढलाई प्रहरीले अनुसन्धान गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell