PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बिग बोसको १२ औं सिजनमा के हुँदैछ नयाँ ?



पहिलोपोस्ट

बिग बोसको १२ औं सिजनमा के हुँदैछ नयाँ ?

बलिउड टिभी सो बिग बोसको १२ औं सिजनको चर्चा सुरु भएको छ। बिग बोस ११ सिजन सकिएसँगै नयाँ सिजनको चर्चा चल्न थालेको  हो। हरेक वर्ष झैं यो वर्ष पनि बिग बोस निर्माण टिमले केही नयाँ गर्ने प्रयास गरेका छन्।

भारतीय मिडियाका अनुसार यो वर्ष बिग बोसको घरमा ब्रिटिसका पोर्नस्टार डेन्नी डि र उनका भारतीय साथी मनिका शर्मा पनि सहभागी हुनेछन्। अभिनेता सलमान खान बिग बोसका उद्घोषक रहँदै आएका छन्। बिग बोसमा देखिने यी नयाँ सदस्यका कारण सोको आलोचना हुने देखिन्छ। तर निर्माण टिमले डेन्नीलाई सोमा आमन्त्रण दिइसकेका छन्।

यी समाचार बाहिरिएसँगै उनले बिग बोस भने कहिल्यै नहेरेको बताए। तर बिग बोसको घरभित्र हुने कृयाकलापबारे उनी जानकार देखिन्छन्। मनिकाले साथ दिए बिग बोसमा आफु सहभागी हुने बताए।  

त्यसका साथै  भारतीय मिडियामा डेन्नीले फिल्म पनि निर्देशन चर्चा सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell