PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

रसुवामा पहिरोले होटल पुर्दा मर्नेको संख्या ५ पुग्यो



पहिलोपोस्ट

रसुवामा पहिरोले होटल पुर्दा मर्नेको संख्या ५ पुग्यो

काठमाडौं : गत रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवामा मृत्यु हुनेको सङख्या पाँच पुगेको छ। टिमुरे प्रवेशद्वारमा रहेको प्रहरीको अस्थायी पोस्ट पुरिएको छ। त्यस्तै, होटलहरु समेत पुरिएका छ। 

पुरिएर मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाका श्याम तामाङ, विक्रम नेवार, मंगले तामाङ, मिग्मार तामाङ र र सुस खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले पहिरोमा परि हराएका अन्यको खोजी भइरहेको बताएका छन्।

मृत्यु हुने ४ जना सिन्धुपाल्चोक र एक रसुवाका हुन्। उनीहरु सबै सवारी चालक हुन्। होटलमा सुतिरहेको बेला उनीहरुलाई पहिरोले पुरेको हो।  

रातिको समयमा पहिरो गएका कारण बिहानैदेखि खोजी र उद्दार कार्य भइरहेको छ। घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell