PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

इमरान खानका दुई दशक : क्रिकेटमा सन्यास, राजनीतिमा सत्ता 



पहिलोपोस्ट

इमरान खानका दुई दशक : क्रिकेटमा सन्यास, राजनीतिमा सत्ता 
फोटो : रोयटर्स

हामी नयाँ पाकिस्तानको बाटोमा छौं। इमरान खानको चाहना – एउटा चाहनाहरुको समूह जसमा उनी चाहन्थे असहज गठबन्धनरहित सरकार, त्यो आज पूरा हुँदैछ। 

पाकिस्तान तेहारिक–ए–इन्साफ (पीटीआई)ले खैबर पख्तुनख्वामा स्वीप गर्दैछ। अवामी नेशनल पार्टी (एएनपी)को पुनरोदयको अभियान बस्तुगत बन्न सकेन। मुत्ताहिडा मज्लिस–ए–अमल, जमैत उलेमा–ए–इस्लाम–एफसहितका धार्मिक समूहहरु समेत असफल भएका छन्। 
विज्ञहरुले एउटा वाक्यांश प्रयोग गर्न थालेका छन्, ‘उत्तर-पश्चिम प्रान्तहरुमा जताततै पीटीआई छ।’ बुधबार भएको भएको निर्वाचनसँगै यसले नयाँ अर्थ दिएको डन न्यूजमा आशा आर रहमानले टिप्पणी गरेका छन्। 

पूर्व क्रिकेटर इमरान खानले निर्वाचन जिते ‘नयाँ पाकिस्तान’को निर्माण र भ्रष्टाचारको अन्त्य गर्ने बाचा गरेका छन्। 

सन् १९९२ को विश्वकप क्रिकेटको उपाधी पाकिस्तानलाई दिलाउन देशको नेतृत्व गरेका उनी यतिबेला नयाँ पाकिस्तानको नेतृत्व गर्ने संघारमा पुगेका छन्। 

पाकिस्तानको कुलिन घरनाका इमरानको जीवन लामो समय प्ले-व्यायको रुपमा छायाँमा पर्यो। हाल उनी आफूलाई एउटा पवित्र जनसेवक र गरीबी निवारकका रुपमा अगाडि सारेका छन्।  

६५ वर्षीय खानले जनसमर्थनलाई जनमतमा परिणत गर्नका लागि लामो समय संघर्ष गरेको बीबीसीले जनाएको छ। 

उनले सन् १९९६ मा पाकिस्तान तेहारिक–ए–इन्साफ (पीटीआइ)को स्थापना गरेका थिए। सन् २००२ मा पाकिस्तानमा भएको आम निर्वाचनमा उनको पार्टीबाट विजयी हुने एक मात्र उम्मेदवार थिए खान। सन् २००८ को आम निर्वाचन उनको पार्टीले बहिस्कार गरेका थियो। 

अन्तर्राष्ट्रिय जगतमा प्रख्यात पाकिस्तानी सीमित अनुहारमध्ये उनी एक भए पनि लामो समय पाकिस्तानी राजनीतिको किनारमा रहे। उनलाई पाकिस्तानमा जिस्काउँदै भन्न थालिएको थियो ‘इमरान कान्ट(सक्दैन)’ 

सन् २०१३ को आम निर्वाचनमा उनको पार्टी तेस्रो भयो। पाकिस्तानको क्रिकेटमा दुई दशक भन्दा बढी समय राज गरेका इमरानले राजनीतिमा प्रवेश गरेको दुई दशक (२२ वर्ष) पछि पाकिस्तानको सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेका छन्। 


क्रिकेटमा सँधै मिडिया र समर्थकले घेरिने उनी राजनीतिको सुरुवाती चरणमा भने मिडिया र समर्थकहरुबाटै आलोचित रहे। तर, यसबीच उनलाई पाकिस्तानका महिला र युवाहरुको ठूलो समूहले समर्थन गरिरहेको छ। उनलाई प्राप्त यो उपलव्धिका पछाडि उनको सार्वजनिक तथा राजनीतिक जीवन सँधै विवादबाट टाढा रहनु नै हो। 

क्रिकेट देखि राजनीति र जेल

आज इमरानको खानको पहिचान क्रिकेटर भन्दा बढी उनको राजनीतिक सक्रियतामा जोडिएको छ। उनले क्रिकेटबाट सन्यास लिएपछि र राजनीतिमा प्रवेश गर्नु अगाडि विश्वरभबाट सहयोग संकलन गरी च्यारिटी चलाए। उनले सन् २००८ मा आफ्नी आमा शौकत खानको नाममा एउटा क्यान्सर अस्पताल बनाए। 

१९९६ मा पार्टी स्थापनापछि उनी पार्टीका तर्फबाट त्यहाँको राष्ट्रिय संसदमा प्रतिनिधित्व गर्ने एक मात्र सदस्य हुन्। सुरुवाती समयमा उनको राजनीतिलाई हल्का रुपमा लिइएको थियो। पार्टी स्थापनाको १ वर्षपछि भएको आम निर्वाचनमा उनको पार्टीले कुनै पनि सिट हासिल गरेन। 

सन् १९९९ मा जनरल परवेज मुसर्रफको सत्तालाई समर्थन गरे। तर, सन् २००२ मा आइपुग्दा आम निर्वाचनको अगाडि मुसर्रफको विरोध गर्न थाले। त्यस वर्ष उनको पार्टीले कूल सदर मतको शून्य दशमलव ८ प्रतिशतमात्र मत पायो। २७२ सिट मा एक सिटमा सीमित भयो। जनु मियांवालीबाट उनी विजयी भएका थिए। 

उनी सांसदका अतिरिक्त कास्मिर तथा लोकलेखाका स्थायी समिति सदस्य समेत थिए। उनले राष्ट्रपति परवेज मुसर्रफलाई अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने व्यक्ति भन्दै आलोचना गरे। त्यसपछि उनलाई आफ्नै घरमा नजरबन्दमा राखियो। 

३ नोभेम्बरमा राष्ट्रपति मुसर्रफले पाकिस्तानमा संकटकालको घोषणा गरे। इमरान खानले यसको लागि मुसर्रफलाई मृत्युदण्ड दिनुपर्ने माग गरे। त्यसपछि उनलाई पुन: नजरबन्दमा राखियो। 

नजरबन्दमा रहेकै बेला उनी फरार भए। त्यसपछि उनलाई आतंकवादीको आरोप लाग्यो। उनलाई आतंकवाद अधिनियम अन्तर्गत गाजी खान जेलमा राखियो, जहाँ उनलाई परिवारका केही सदस्यलाई मात्र भेट्न दिइन्थ्यो। 

उनले जेलभित्रै अनशन सुरु गरे। पछि २१ नोभेम्बरमा उनलाई अन्य राजनीतिक कैदीहरुसँगै रिहा गरियो। सन् २००८ मा उनको पार्टीले चुनाव बहिस्कार गर्यो। सरकार विरोधी प्रदर्शन गरेको भन्दै २००९ मा इमरानलाई असिफ अली जर्दारी सरकारले नजरबन्दमा राख्यो। 

२०१३ मा उनले राजनीतिमा रणनीति परिवर्तन गरे। उनले तात्कालीन पाकिस्तान पिपुल्स पार्टीको सरकार विरुद्ध भ्रष्टाचारको मुद्दा उठाए। पाक – अफगान सीमामा भएको अमेरिकी ड्रोन आक्रमणको विरोध गरे। उनले स्वतन्त्रताको वकालत गरे सँगसँगै इस्लामको मूल्य मान्यताको समेत समर्थन लिए। साथै पाश्चिमी मुलुक प्रतिको घृणलाई समेत सम्बोधन गरे। 

उनले राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानुन, स्वतन्त्र न्यायपालिका, आतंकवाद विरोधी पाकिस्तानको नारा अगाडि सारे।
 

मतदातालाई आर्कषित गर्ने ‘नयाँ पाकिस्तान’को नारा

विपक्षीहरुले विवादमा तान्ने प्रयास गरे पनि उनले आफ्नो राजनीतिक नारालाई अगाडि सारिरहे। उनले पाकिस्तानमा भ्रष्टाचार विरोधी तथा वंशीय राजनीतिको अभियान चलाए। जसले जनसमर्थन प्राप्त गर्यो। उनले चलाएको ‘सफा’ राजनीतिज्ञको अभियानले युवाहरुलाई उनको कित्तामा उभ्यायो। 

उनले पाकिस्तानको पुरातन राजनीतिक व्यवस्थाप्रतिको भोहभंग गराइदिए। शहरका मध्यम वर्गीय तथा युवा मतदाता उनको नाराले आकर्षित भए। मध्यम वर्गीय परिवारका न्यूनतम आवश्यकतालाई उनले आफ्नो मागको रुपमा अगाडि बढाए। 

भ्रष्टाचार विरोधी अभियानमा उनका लागि ठूला प्रतिद्वन्द्वी थिए, तत्कालीन प्रधानमन्त्री नवाज सरिफ। उनले नवाज सरिफको भ्रष्टाचारको कुरा पाकिस्तानमा अभियानको रुपमा अगाडि बढाए। 

पानामा पेपर्स सन् २०१५ मा सरिफसँगै उनका परिवारका सदस्यमाथि विभिन्न अफसोर कम्पनीमा लगानी तथा पाकिस्तानी मुद्रा विदेश पठाएको तथा भ्रष्टाचारको गरेको खुलासा गर्यो। यो इमरान खानका लागि ठूलो अवसर बन्यो। उनले नवाज सरिफ विरुद्ध भ्रष्टाचार विरोधी अभियान चलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell