PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

बेइजिङमा अमेरिकी दुतावास नजिक बिष्फोट



पहिलोपोस्ट

बेइजिङमा अमेरिकी दुतावास नजिक बिष्फोट

बेइजिङ : चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावासको पर्खाल बाहिर बम बिष्फोट भएको छ। 

अमेरिकी दूतावासका प्रवक्ताले सीएनएनलाई दिएको जानकारी अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजे बिष्फोट भएको हो।

'प्रहरीका अनुसार त्यहाँ बिष्फोट गराउने एक जना थिए। घटनामा बिष्फोट गराउनेबाहेक अरु घाइते नभएको प्रहरीले जनाएको छ,' अमेरिकी दूतावासले जारी गरेको बक्तव्यमा उल्लेख छ। 

प्रहरीका अनुसार घटनमा संीलग्न व्यक्ति २६ वर्षीय पुरुष भएको र उनी भित्री मंगोलियाका हुन्। प्रहरीका अनुसार ती व्यक्तिको थर जियाङ हो। उनी घटनामा घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। 

घटना नियन्त्रणमा आइसकेको र प्रहरीले अनुसन्धान गरिरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुयाङलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell