PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्रीलार्इ पर्यटन सचिवको काउन्टर: ‘जहाज बस चलाए जस्तो होइन, कुदाइहाल भन्नलाई’



वसन्तराज उप्रेती

प्रधानमन्त्रीलार्इ पर्यटन सचिवको काउन्टर: ‘जहाज बस चलाए जस्तो होइन, कुदाइहाल भन्नलाई’

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले असार ३० गते सातो खाएका सचिवमध्येका हुन् कृष्ण देवकोटा।  
 
महिना दिनअघि नेपाल वायुसेवा निगमले कुनै बिजिनेस प्लान नगरी 'अन्नपूर्ण' जहाज ल्याएपछि ओलीले त्यसै सन्दर्भमा पर्यटन मन्त्रालयका सचिव देवकोटाको सातो खाएका थिए। 
 
ओलीले हप्काउँदै भनेका थिए- अर्बौँ रुपैयाँ लगानी गरेर विमान किनेर ल्याएको छ। त्यो नयाँ विमान विमानस्थलमा थन्काएको छ। अर्बौँ रुपैयाँ ऋणको ब्याज चढिरहेको छ। अनि बिजनेश प्लान बनाउने, अनुमतिका प्रक्रिया मिलाउने, टेष्ट फ्लाइट गर्ने। काम गर्ने तरिका यही हो? विमान आउनुभन्दा अघि काम गर्न कसले रोकेको थियो?'
 
निगमले बिहीवार दोस्रो जहाज 'मकालु' ल्याएको छ। त्यसलाई स्वागत गर्न पुगेका कृष्ण देवकोटाले प्रधानमन्त्रीलाई काउन्टर दिएका छन्। 

यो पनि पढ्नुस्: देवकोटालाई जहाज बारे के भनेका थिए प्रधानमन्त्रीले?
 
उनले भने- जहाज उडाउन हामीले छिटोछिटो काम गरिरहेका छौं। कतिपय नबुझेका मान्छेले बस कुदाए जसरी कुदाउनु पर्छ भन्दिए।
 


देवकोटाले प्रधानमन्त्रीलार्इ लक्षित गर्दै जहाज बसजस्तो नभएको बताएका हुन्। सुरक्षालार्इ प्राथमिकता दिँदा उडानमा ढिलार्इ भएको उनको जिकिर छ। 
 
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक जाँचपछि मात्रै उडान अनुमति पाउने भएकाले ढिलार्इ हुनु स्वभाविक भएको उनले बताए। 
 
'कति मान्छेले जहाजको उडान प्रक्रिया नै ढिलो भएको बताएका छन्। नबुझ्ने मान्छेले जहाजलाई बस कुदाएझैँ छिटो कुदाइ हाल्नुपर्छ भन्छन्,' उनले भने। 
 
देवकोटाले हवाई सुरक्षा मूख्य प्राथमिकता भएको भन्दै हवाई सुरक्षामा केन्द्रित रहेर प्राधिकरणले जहाजको चरणबद्धरुपमा अध्ययन गरिसकेपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए। 
 
उनले मन्त्रालय र प्राधिकरणले अन्नपूर्ण जहाजको प्रुभिङ फ्लाइट छिटो गरेकोसमेत दाबी गरे। ‘प्रुभिङ फ्लाइट अहिलेसम्मकै छिटो भएको छ। हाम्रो बुताले भ्याएसम्म जहाज चाँडै उडाउन चाहेका छौं’ देवकोटाले भने। उनले नयाँ आएको जहाज पनि चाँडै उडानका लागि प्रकृया अघि बढाएको बताए।
 
‘विमान बेच्ने कम्पनीबाटै आएका पाइलट एक महिनासम्म बसेर हाम्रा पाइलटलार्इ तालिम दिनेछन्’ उनले भने, ’एक महिनापछि निगमकै पाइलटले जहाज चलाउनेछन्।‘ दुबै जहाजले पूरानै गन्तब्य दोहा, बैंकक, बेङगलुरु उडान भर्नेछ। दुर्इदेखि चार महिनासम्म पूरानै डेस्टिनेशनमा नयाँ जहाजले उडान भर्नेछ। 
 
मकालुको लागि विदेशी पाइलट मगाउने प्रक्रिया अगाडि बढिसकेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए। पाइलटको श्रम स्वीकृति र प्राधिकरणबाट स्वीकृति लिने प्रक्रिया सुरु भइसकेको उनले बताए।
 
'हामीले 'मकालु' को नियमित उडान चाँडै सुरु गर्ने योजना बनाएका छौँ। तीनदेखि चार हप्ताभित्र 'मकालु' ले नियमित उडान भर्नेछ' कंसाकारले भने। 
 
निगमले जापान र कोरिया उडानका लागि छलफल सुरु गरिसकेको र अस्ट्रेलिया उडानका लागि पनि छलफल प्रक्रिया सुरु भएको उनले बताए। निगमले यी दुर्इ जहाज किन्न कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell