PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

'कायरा'को प्रचार अस्त्र आर्यन र साम्राज्ञी



पहिलोपोस्ट

'कायरा'को प्रचार अस्त्र आर्यन र साम्राज्ञी

काठमाडौं :  प्रदर्शनको तयारीमा रहेको फिल्म 'कायरा'को प्रचार अस्त्र गीत सार्वजनिक भएको छ। निर्माण टिमले यूट्युब मार्फत फिल्ममा समावेश नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो।

नरेश भट्टराईको शब्दमा सुगम पोख्रेल र श्रेया सोताङको स्वरमा 'यो त माया हो' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचर्ड छन्। फिलिपिन्सका रमणीय दृश्यमा गीत खिचिएको छ। फिल्मको ९५ प्रतिशत छायाँकन फिलिपिन्समा नै भएको हो। फिलिपिन्सका दृश्य फिल्ममा रहे पनि कथा नेपालको रहेको आर्यनले बताए। चकलेटी हिरो आर्यन दर्शकले साम्राज्ञी र उनको स्क्रिन जोडी रुचाइदिनेमा आशावादी छन्। 

लक्ष्मण रिजाल निर्देशित फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठको अभिनय रहेको छ। साउन १८ देखि फिल्म प्रदर्शनमा आउनेछ। फिल्ममा बनिष शाह, मिलन श्रेष्ठको सम्पादन र केदार भुषालको पटकथा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell