PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सरकार र केसी पक्षबीच सात बुँदे सहमति, सहमतिको 'ड्राफ्ट' लिएर केसीलाई भेट्दै नेम्वाङ



सागर बुढाथोकी

सरकार र केसी पक्षबीच सात बुँदे सहमति, सहमतिको 'ड्राफ्ट' लिएर केसीलाई भेट्दै नेम्वाङ

काठमाडौं : सरकार र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच सात बुँदे सहमति भएको छ। प्रम निवास बालुवाटारमा भएको वार्तामा सात बुँदे सहमति जुटेको वार्ततामा संलग्न डाक्टर सुमित पाण्डेले पुष्टि गरे।

तीन दिनदेखि ने क पा का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सक्रियतामा सरकार र केसी पक्षबीच वार्ता अगाडि बढेको थियो। 

आज बिहान बालुवाटारमा केसी पक्षका चिकित्सक, प्रधानमन्त्री केपी शर्मा ओलीसहित ने क पाका नेता, प्राध्यापक केदारभक्त माथेमासहित छलफल भएको थियो।

छलफलपछि बालुवाटारमा दुवै टोलीबीच औपचारिक वार्ता शुरु भएको थियो। 

नेम्वाङका अनुसार वार्ता टोलीबीच सहमतिको ड्राफ्ट तयार भएको छ। उनले भने, 'वार्ता सफल भएको छ। म सहमति ड्राफ्ट लिएर डा केसी भेट्न जान लागि पर्खिरहेको छु। भित्र वार्ता टोली तयार छ।' 
 
यता डाक्टर पाण्डेले भने सात बुँदे सहमति डाक्टर केसीलाई देखाएपछि मात्र अनशन के हुन्छ भन्न सकिने बताए। 'डा केसीलाई नदेखाइ वार्ता सफल भएको भन्न मिल्दैन। सात बुँदे सहमतिपत्र ड्राफ्ट भएको छ,' डा केसी पक्षबाट वार्ता टोलीका सदस्य रहेका पाण्डेले भने।

हिजो राति प्रम निवास बालुवाटारमा सुरेन्द्र भण्डारी, डाक्टर अभिषेकराज सिंह लगायतले प्रधानमन्त्री कार्यलयमा छलफल गरेका थिए। त्यही छलफलले समाधानको बाटो खोलेको थियो।

नेम्वाङले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै डा केसीलाई भेट्न जाँदैछन्। बिहीवार बिहान बालुवाटारमा भएको छलफलबाट वार्ता आजै टुंगिने तय भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell