
काठमाडौं : सरकार र प्राध्यापक डाक्टर गोविन्द केसीका वार्ता टोलीबीच सात बुँदे अनौपचारिक सहमति भए पनि केसीले त्यसमा सहमत भएनन्। डा केसीका वार्ता टोलीका सदस्यहरुले सहमतिबारे केसीलाई ब्रिफिङ गरेका थिए। सहमतिका ७ बुँदामध्ये २ वटा बुँदामा केसीले सम्झौता गर्न चाहेनन्। केसीको अडान लगत्तै केसी पक्षको वार्ता टोली फेरि बालुवाटार गएको छ।
साता बुँदे सहमतिमा विधेयक र उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने भन्ने बुँदा उल्लेख नभएकाले केसी सहमत नभएको स्रोतले जनाएको छ। डाक्टर केसीले ती बुँदामा सहमति नभए अनशन नतोड्ने बताएका छन्।
यसअघि बालुवाटारमा भएको वार्तामा सात बुँदेमा समझदारी भएको थियो। डाक्टर केसीले त्यसलाई हेरेपछि मात्र सहमतिपत्रमा हस्ताक्षर गर्ने र अनशन तोड्न लगाउने तयारी थियो।