PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सबै मन्त्री सामु ल्यापटप, प्रमका सल्लाहकारले भने : अबदेखि मन्त्रिपरिषद बैठक कागजविहीन



पहिलोपोस्ट

सबै मन्त्री सामु ल्यापटप, प्रमका सल्लाहकारले भने : अबदेखि मन्त्रिपरिषद बैठक कागजविहीन

काठमाडौं : आजबाट मन्त्रिपरिषद बैठक कागजविहीन भएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले फोटो ट्विट गर्दै यसको जानकारी गराएका हुन्।

उनले जारी गरेको फोटोमा मन्त्रिपरिषदका सदस्यहरु सबैसामु ल्यापटप देखिएको छ। केही अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्नेले अनिवार्य कम्प्युटर चलाउन जान्नुपर्ने बताएका थिए। साथै सरकारले मन्त्रीहरुलाई म्याकबुक उपलब्ध गराउने जनाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell