
काठमाडौं : सरकार र डा केसीको वार्ता टोलीबीच फेरि ९ बुँदे सहमति भएको छ। माथेमा प्रतिवेदन अनुसार सहमति गरेर बालुवाटारबाट वार्ता टोली अनशनस्थल गएको छ। केसीले भने बमोजिम भएकाले आजै अनशन तोड्ने वार्तामा सहभागी एक सदस्यले बताए।
यसअघि भएको सात बुदे अनौपचारिक सहमतिमा डा केसीले विमती जनाएपछि ९ बुँदे सहमति भएको हो। डा केसीका वार्ता टोलीका सदस्यहरुले यसअघिको सहमतिका बारेमा ब्रिफीङ गरेपछि केसीले २ बुँदामा असहमति जनाएका थिए। लगत्तै डा केसी पक्षको वार्ता टोली वार्ता टोली अर्को वार्ता गर्न बालुवाटारतिर गएको थियो।