PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज थप्ने या नथप्ने भन्नेमा भएन सहमति



प्रवीण रानाभाट

उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज थप्ने या नथप्ने भन्नेमा भएन सहमति

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच ९ बुँदे मौखिक सहमति भए पनि त्यसमा हस्ताक्षर हुन सकेन। वार्तामा खटिएका सुरेन्द्र भण्डरीका अनुसार उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाउने या नपाउने भन्ने विषयमा मत मिलेन।

'सरकारले यो विषयलाई सम्बोधन गरे अनशन तोडिन्छ भन्नुभएको छ केसीले,' भण्डारीले भने, 'यसबाहेक अरु विकल्प छैन।'

काठमाडौँको मनमोहन मेमोरियल कलेज र झापाको बिएण्डसी मेडिकल कलेजकै विषयले दिनभरमा मिल्ने अवस्थामा पुगिसकेको वार्ता अन्तत: असफल भएको हो। 

यसअघि भएको सात बुँदे अनौपचारिक सहमतिमा डा केसीले विमती जनाएपछि ९ बुँदे सहमतिको खाका तयार भएको थियो। डा केसीका वार्ता टोलीका सदस्यहरुले यसअघिको सहमतिका बारेमा ब्रिफिङ गरेपछि केसीले २ बुँदामा असहमति जनाएका थिए। लगत्तै डा केसी पक्षको वार्ता टोली वार्ता टोली अर्को वार्ता गर्न बालुवाटारतिर गएको थियो। बालुवाटार पुगेर ९ बुँदामा ड्राफ्ट गरे पनि दुई मेडिकल कलेजको विषयले अनशन तोड्ने विषयलाई अन्यौलमा हो।

प्रधानमन्त्री मन्त्रिपरिषदको बैठकबाट भर्खरै बालुवाटार पुगेका छन्। त्यसपछि छलफल हुनसक्ने सम्भावना छ तर यी दुवै राजनीतिक दल नजिकका मेडिकल संचालक भएकाले वार्ताबाट सहमति हुने सम्भावना टर्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell