
काठमाडौँ : एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता आगामी अगष्ट २७ देखि हुने भएको छ।
एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार एसिया कप अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म मलेसियामा आयोजना हुँदैछ।
📢 SAVE THE DATES!
— AsianCricketCouncil (@ACCMedia1) July 26, 2018
The ACC Asia Cup Qualifiers is all set to take place in Malaysia between 27th August and 7th September, 2018!
✅ UAE
✅Nepal
✅Hong Kong
✅Oman
✅Singapore
✅Malaysia
Stay tuned for more updates shortly! #ACC #AsiaCup2018 #AsiaCupqualifiers
एसिया कप-२०१८ को क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा टेष्ट खेल्नेबाहेककमा उत्कृष्ट ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ।
जसमा नेपाल, युएई, हङकङ, मलेसिया, सिंगापुर र ओमान छन्। राउण्ड रोविन लिगपछि यस प्रतियोगिताको विजेता युएईमा हुने एसिया कप खेल्नेछ। जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान हुनेछन्।
एसिया कप क्वालिफायरको विजेता एसिया कपको समूहमा चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
एसिया कप सेप्टेम्वर १५ देखि २८ सम्म युएईको दुबई र अबुधावीमा हुनेछ।