PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

चिकित्सा विधेयकमा के के हुँदैछ परिमार्जनः यस्तो छ मूल विधेयक, यी हुन् परिमार्जन हुने २२ दफा



पहिलोपोस्ट

चिकित्सा विधेयकमा के के हुँदैछ परिमार्जनः यस्तो छ मूल विधेयक, यी हुन् परिमार्जन हुने २२ दफा

काठमाडौँः सरकार र अनशनतरत डा. गोविन्द केसीबीच भएको सहमति अनुसार संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकका विभिन्न २२ दफामा संशोधन हुने भएको छ। सरकारले यसअघि जारी गरेको अध्यादेशकै रुपमा पुग्नेगरि विचाराधीन विधेयकमा संशोधन गर्न लागिएको हो।

सहमति अनुसार सरकारका तर्फबाट विचाराधीन विधेयकमा संशोधन दर्ता हुनेछ। सरकारसँग पुरक विधेयक लैजाने सुविधा समेत रहनेछ। किनकी अहिलेसम्म दर्ता भएको विधेयक संसद्मा पेस भएको छैन। 

विचाराधीन विधेयक सरकारले फास्ट ट्रयाकबाट पारित समेत गर्न सक्नेछ। संसदीय समिति गठन नभएको अवस्थामा सदनको पूर्ण बैठकबाटै छलफल गरेर विधेयक पारित गर्ने अवस्था छ। सहमति अनुसार प्रस्तावनादेखि नै विधेयक परिमार्जन हुनेछ। 

पढ्नस् सरकारले संसद्मा दर्ता गरेको मूल विधेयक

 

यी दफामा हुँदैछ संशोधन, हेर्नुस् सहमति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell